राजबिराज सप्तरी – आज मिति २०८१/९/१३ गते शनिवार विहान ६ वजे राजविराज स्थित जेशिज भवनमा साप्ताहिक मधुमेह तथा माेटाेपना हेतु हप्ता दिने याेग शिविर संचालनमा आएकाे छ।उक्त शिविरकाे मधेश प्रदेश राजविराज उच्च अदालत जनकपुर ईजलासका मुख्य न्यायधिश श्रीमान वामदेव ज्ञवालीले पानसमा वत्ति बालेर उद्घाटन गरेका छ्न ।
उक्त उद्घाटन कार्यक्रममा राष्ट्रिय अनुसंधान जिल्ला कार्यालयका उप अनुसंधान निर्देशक सुरेन्द्र काेइराला
रुपनी स्थित प्रहरी अस्पतालका मधुमेह बिज्ञ डा.रोशन मिश्र र पत्रकार स्वतन्त्र सेनानी बैद्यनाथ झा ले याेगकाे महत्व दर्शाउदै सहभागिहरुलाई शुभकामना दिनुभयाे। याेग शिविरकाे संचालन राजविराज जेशिजका अध्यक्ष साथै पतञ्जली याेग केन्द्र राजविराज नगर अध्यक्ष पंकज देवले गरेका छन ।
नगरवासी करिव ६०/६५ जना माेटाेपना तथा मधुमेह निराेगकाेलागी याे याेगमा समावेश हुने बताए ।
समावेश हुनुअघि सवैकाे वजन र मधुमेहकाे चिकित्सकिय प्रतिवेदन सहित उपस्थित रहेकाेले साता दिन पछि उहाहरुकाे अवस्थामा सुधार आउने विश्वास
मधेश प्रदेश पतञ्जली याेग केन्द्रका सचिव तथा वरिष्ठ याेय प्रशिक्षक वद्रि राजभण्डारीले वताउनु भयाे।
बद्रिराज भण्डारीले सप्तरी जिल्लामा जेसिज भवनमा विहान ५ वजेदेखि नियमित याेग प्रशिक्षण गरिरहनु भएकाे छ।