कल्याणपुर सप्तरी – तराईमा विगत तीन दिनदेखि बाक्लो हुसुको कारण अत्याधिक चिसो बढेको छ। पूर्वी तराई जिल्लाका असहाय, गरिबहरू राहतको खोजीमा छन्। त्यस कुरालाई मध्यनजर गर्दै सप्तरी जिल्लाका युवा अभियन्ताहरूले सेवा नै धर्म हो कार्यक्रमलाई मध्यनजर गर्दै आज विशनपुर सप्तरीमा न्यानो लुगा वितरण गरेको छन।
देशविदेशमा रहेका युवाहरूको आर्थिक सहयोग र सप्तरीका युवा अभियन्ताहरूको सहयोगमा खडक नगरपालिका ८ बिसनपुर सप्तरीमा अति विपन्न गरिब असहाय २३ जना बालबालिकाहरूलाई ज्याकेट एक थान, ट्राउजर एक थान, मौजा एक सेट, पन्जा एक सेट र ब्ल्याङ्केट वितरण गरेका छन ।
भोलि महादेवा गाउँपालिका वडा नम्बर ४ बलियामा थप १७ जना बालबालिकालाई न्यानो लुगा वितरण गरिने यस कार्यक्रमका संयोजक अनवर अलीले जानकारी गराए ।
आजको कार्यक्रमको प्रमुख अतिथि निवर्तमान नगर प्रमुख खडक नगरपालिकाका हुमायु हक , खडक नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष इझारुल मिया, सामाजिक युवा अभियन्ता अनवर अली ,व्यवसायी सेरु,खान, जिब्रील अलि , प्रधानाध्यापक लुकमान अली,अमर यादब , सुरेश यदव , सन्जय साह, तवरेज आलम, रुपेश ठाकुर, मोहम्मद वसिम, मौलाना इस्लाम र पत्रकारहरुको उपस्थिति रहेको थियो। । कार्यक्रमका संयोजकले सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद र आभार प्रकट गरेका थिए ।