राजविराज सप्तरी – जनगुनासो बढ्दै गएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालले राजविराज नगरपालिकाका विभिन्न शाखाहरूमा आकस्मिक छड्के निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा ५९ कर्मचारीमध्ये २४ जना अधिकृतसहित २५जना कर्मचारी कार्यालयमा अनुपस्थित भेटिएको छ। सीडीओ दाहालका अनुसार, अनुपस्थित कर्मचारीहरूको हाजिरी नाम प्रशासन कार्यालयमा लगेर आवश्यक निर्देशन दिइएको छ भने कारबाही प्रक्रिया अघि बढाइनेछ।
मुख्य तथ्यहरू नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साह अनुपस्थित
महत्त्वपूर्ण शाखा प्रमुखहरू अनुपस्थित
शिक्षा शाखा: भोगेन्द्र यादव
स्वास्थ्य शाखा: निरञ्जन यादव
योजना शाखा: प्रकाशकुमार गुप्ता
अन्य अधिकृतहरू: अनिता चौधरी, ज्योतिष यादव लगायतका अन्य कर्मचारीहरूको अनुपस्थित भएका पाइयो
जिल्ला प्रशासन कार्यालय सप्तरीका नायब सुब्बा ब्राइटर साहले पनि यस छड्के निरीक्षणबारे जानकारी गराउँदै अनुपस्थित कर्मचारीहरूलाई प्रमुख जिल्ला अधिकारी भोला दाहाल आवश्यक निर्देशन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छ्न ।
राजविराज नगरपालिकामा उच्च तहका अधिकृतहरू समेत कार्यलय समयमा अनुपस्थित रहनु प्रशासनिक लापरबाहीको चरम उदाहरण हो। सेवाग्राहीहरूले सरकारी सेवामा समयमै पहुँच नपाउँदा असन्तुष्टि व्यक्त गरेका छन्।
सीडीओ दाहालले यस्ता छड्के निरीक्षणलाई निरन्तरता दिने र गैरजिम्मेवार कर्मचारीहरूलाई नगरपालिकाले आवश्यक कारबाही गरिने स्पष्ट संकेत दिएका छन्। अब प्रशासनले यसलाई कत्तिको प्रभावकारी बनाउँछ भन्ने कुरामा जनताको चासो बढेको छ।