राजविराज सप्तरी- सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले स्वास्थ्य सेवामा लापरबाहीका गुनासाहरू बढ्दै गएपछि गजेन्द्र नारायण सिंह अस्पतालमा आकस्मिक निरीक्षण गरेकोछ।
निरीक्षणका क्रममा अस्पतालमा दरबन्दी १०१ जना कर्मचारीमध्ये २५ जना पोसाकविहीन अवस्थामा उपस्थित रहेका थिए, जबकि बाँकी ९७ जना विभिन्न बहानामा कारार ज्यालादारी गरेर अनुपस्थित रहेको पाइएको छ। साथै, अस्पतालले करार तथा ज्यालादारी कर्मचारीहरू मार्फत सेवा सञ्चालन गरिरहेको जिल्ला प्रशासन कार्यालयका नासु सजिब कुमार साहले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी दाहालले अस्पताल प्रशासनलाई सेवामा अनुशासन र जिम्मेवारीका साथ लाग्न निर्देशन दिँदै तोकिएको समयमा हाजिर नभएका कर्मचारीहरूमाथि कानुनी कारबाही हुने चेतावनी दिएका छन । साथै, अस्पतालमा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न कडाइका साथ अनुगमन गरिने बताए।
निर्माणधिन भवन पटक पटक म्याद थप्दा पनि हालसम्म सञ्चालन नआएकोले सहरी सदन कार्यालय सप्तरी
अस्पतालका मेडिकल सुप्रिडेन्ट ठेकेदार कम्पनी लाई तत्कालै भवनका अधुरा काम सम्पन्न गर्न आवश्यक पहल गर्ने बताए प्रजिअ दाहालले स्थानीय प्रशासनले सर्वसाधारणको स्वास्थ्य अधिकारको रक्षा गर्दै उत्तरदायी शासन प्रणालीलाई सुदृढ बनाउन थप आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।