सप्तरी – कालिका लघुवित वित्तीय संस्था लिमिटेड सप्तरी शम्भुनाथ शाखाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
रुपनी गाउँपालिका १ स्थित दलान होटल मा संचालन गरिएको यस कार्यक्रममा विभिन्न केन्द्रका प्रमुख तथासदस्यहरूले सक्रिय सहभागिता जनाएका थिए ।
कार्यक्रमको सभाध्यक्षको रूपमा रिता कमारी चौधरीले गरेकी थिइन्। प्रमुख अतिथिको रूपमा रुपनी गाउँपालिका वडा न १ का वडा अध्यक्ष लिला यादब उपस्थित रहेका थिए। साथै, विशिष्ट अतिथिमा यसै संस्थाका अनुगमन प्रमुख सरोज न्यौपाने रहेका थिए । अतिथिहरुमा ग्लोवल आईएमई बैंकका ऋण शाखा प्रमुख बिपिन यादब,अनुशन्धान का राजेन्द्र साह ,शम्भुनाथ मिडिया हाउस प्रा.लि. का अध्यक्ष संचालक निखिल राउत ,रुपनी गा.पा वडा न १ का पूर्व वडा अध्यक्ष पिताम्वर यादब रहेका थिए ।
कार्यक्रमको सञ्चालन कालिका लघुवित्त शाखा कार्यालय शम्भुनाथका शाखा प्रमुख देवनन्दन साहले गरेका थिए ।यस अवसरमा विभिन्न केन्द्रका सदस्यहरूलाई वित्तीय शिक्षाको महत्व, बचत गर्ने तथा कर्जाको सदुपयोग गर्ने बारेमाजानकारी गराइएको साथै उत्कृष्ट ऋणी बचतकर्ता र उत्कृष्ट केन्द्र प्रमुखलाई पुरुस्कार तथा प्रमाणपत्रसहित सम्मानप्रदान गरिएको थियो । प्रथम स्थान प्राप्त गरेका ४ जनालाई नगद र प्रमाणपत्र ,दोस्रो र तेस्रो ६ जनालाई प्रमाण पत्र प्रदान गरिएको छ । त्यसतै उत्कृष्ट बचतकर्ता तथा उतकृष्ट केन्द्र प्रमुख गरी ३ जनालाई घडि परुस्कृत गरेको हो । सहभागीताले कालिका लघु वित्तीय संस्था लिमिटेड शाखा कार्यालय शम्भुनाथबारे उत्साहजनक प्रतिक्रिया जनाएकछन।
यस कार्यक्रमले वित्तीय साक्षरता प्रवद्र्धनका साथै स्थानीय केन्द्र प्रमुखहरूको नेतृत्व क्षमता बृद्धि गर्ने उदेश्यसफलतापूर्वक कार्यान्वयन गरेको छ। कार्यक्रममा सहभागी सबै जनाले संस्थाको नयाँ पहलप्रतिको सकारात्मकप्रतिक्रिया व्यक्त गरेका छन् र यसले आगामी दिनहरूमा थप सफलताको अपेक्षा जगाएको छ । सहभागीहरूलाई बचतगर्ने कर्जाको सही सदुपयोग गर्ने लगायतका विषयमा शम्भुनाथ शाखाका प्रमुख देवनन्द साहले जानकारी दिएका हुन ।