०४ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र २६, २०८१

विराटनगर – प्रहरीले विराटनगरमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । पछिल्लो दिनमा लगातार मोटरसाइकलहरु चोरी भएपछि अनुसन्धान सुरु गरेको प्रहरीले २ जनालाई मंगलबार बेलुका पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कोशी अस्पताल आसपासबाट मात्रै तीन वटा मोटरसाइकल चोरी भएको थियो । मंगलबार अस्पतालबाटै चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा प्रहरीले भारतसँगको सीमावर्ती क्षेत्रबाट २ जनालाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार विराटनगर– १७ का २५ वर्षीय महम्मद मियाँ र सोही स्थानका १७ वर्षीय बालक छन् । गिरोहको अन्य सदस्यको पनि प्रहरीले खोजी गरिरहेको छ ।

यो समूहले विराटनगरबाट मोटरसाइकल चोरी गरी भारतमा लगेर बिक्री गर्दै आएको थियो । मंगलबार दिउँसो चोरीको मोटरसाइकल भारत पूर्याएर फर्किएका दुई जनाले अर्काे मोटरसाइकल पनि चोरी गर्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरूबारे प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी रहेको मोरङ प्रहरी प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल -kchhakhabarofficial@gmail.com