काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने पक्राउको क्रममा मानव अधिकार उल्लंघन गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ।
बुधबार दलका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीसहितको टोलीले आयोगमा पुगेर लामिछानेलाई पक्राउ गर्ने क्रममा प्रहरीले कानूनी प्रक्रिया पूरा नगरेको र ज्यादती गरेको आरोप लगाएका छन्।
ध्यानाकर्षण पत्र बुझ्दै आयोगका पदाधिकारीले आवश्यक छानबिन गर्ने प्रतिबद्धता जनाएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए।