०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर २६, २०७७

सप्तरी – विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)संक्रमण त्रासका कारण ९ महिानदेखि बन्द नेपाल–भारत हवाई उडान ९ महिनापछि संचालनमा आउने भएको छ।

नेपाल र भारतबीच कुटनीतिकस्तरमा छलफलपछि काठमाडौं–दिल्ली गत चैत महिनादेखि बन्द भएको काठमाडौं–दिल्ली हवाई उडान पुस २ गतेदेखि आंशिक रुपमा सञ्चालन हुने भएको हो।जसमध्ये सुरुमा नेपाल र भारतका एक–एक वटा एयरलाइन्सले मात्रै उडान भर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार नेपालबाट नेपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले दैनिक एक–एक उडान गर्नेछन्।नेपालले डेढ साता अघि पठाएको सम्झौताको भारतले बिहीबार जवाफ पठाउँदै पुस २ गतेदेखि उडान थाल्ने जानकारी दिएको छ। भारतले भदौ ७ गते नेपाललाई एयर बबल ट्राभल सम्झौताका लागि नेपाललाई प्रस्ताव पठाएको थियो।

भारतले नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्न गाह्रो परेका नेपाली र भारतीय नागरिकलाई सेवा दिने उद्देश्यले यो सम्झौता नेपाली दूतावासमा पठाएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]