सप्तरी – सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.६ गाेरगमाका बेचन मुखियाकाे पिकअप भ्यानमा अाज बिहान अपरिचित ब्यक्तिहरुकाे एक समुहले अागजनि गरेकाे छ ।
अाफ्ने घर अगाडि राखिएको स.१ च १७२५ नम्बरको पिकअप भ्यानमा अागलागि हुदा झन्डै २४ लाख भन्दा बढिकाे क्षति भएको प्रहरीले जनाएको छ । अाज बिहान करिब १ बजेतिर घर अगाडि राखिराखेकाे अवस्थामा परालमा पेट्रोल छर्केर अागजनि गरेको पिडित मुखियाले बताएका छन । साे पिकअपकाे अागजनि स्थानियबासि ,प्रहरी तथा राजविराजबाट अाएकाे बारुण यन्त्रकाे सहयाेगमा नियन्त्रणमा अाएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता पिकअपमा अागजनि ब्यक्तिगत राजनितिक रिसिभिका कारणले भएको तथा साे घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।