सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ६ कटैया गाउँमा भारतीयकाे कुटाइबाट मृत्यु भएका परिवारलाई अाज नगरपालिकाले नगद प्रदान गरेकाे छ ।
भारतिय सिमानामा खेतको कारण झगडा हुँदा भारतीय बासीको निर्घात कुटपिटका कारण स्थानिय रामदेब यादवको मृत्यु भएको थियाे । यसेबिच मृतक यादवका श्रीमाती लाई डाक्नेश्वरी नगरपालिकाका तर्फबाट उपप्रमुख ईन्दु देवी यादवले रु ५१ हजारको चेक हस्तान्तरण गरिएको छ ।
यसअघि श्रीमानकाे मृत्यु भए पछि पिडित परिवार कष्टकर जीवन यापन गर्नुृका साथे घर परिवार तथा छाेरा छाेरिहरुलाइ गुजारा गर्नमा समस्या परिरहेको अवस्थामा नगरपालिकाले अार्थिक सहयाेग गरेपछि खुशि ब्यक्त गरेका छन ।