सप्तरी – सप्तरीको खडक नगरपालिकामा शनिबार फरक क्षमता भएका ब्यक्तिहरुलाई ब्ल्याङ्केट बितरण गरिएको छ ।
लाईन्स क्ल्व अफ लाहान सिटि, एसएनभी नेपाल, सबल नेपाल र खडक नगरपालिकाको सहयोगमा सप्तरी अपांग संघ खडक नगरपालिकाले ब्ल्याङ्केट बितरण गरेको हो । सप्तरी अपांग संघ खडक नगरपालिकाका अध्यक्ष बिरेन्द्र कुमार चौधरीको अध्यक्षता तथा खडक नगरपालिकाकाका प्रमुख हेमायु हकको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा एक समारोहका बिच खडक नगरपालिका अन्तर्गतका ५६ जना फरक क्षमता भएका ब्यक्तिहरुलाई ब्ल्याङ्केट बितरण गरिएको थियो । साह अतिथी सदन कल्याणपुरमा आयोजित कार्यक्रममा नगर प्रमुख हक लगायतका अतिथिहरुले फरक क्षमता भएका ब्याक्तीहरुलाई ब्ल्याङ्केट बितरण गरे ।
२९ औं अपांग दिवसको अबसरमा आयोजित ब्ल्याङ्केट बितरण कार्यक्रम बोल्दै नगर प्रमुख हकले समाजिक बिकासलाई नगरपालिकाले प्राथमिकता राखेको बताए । सामाजिक बिकासको क्षेत्रमा नगरपालिका अग्रणि स्थानमा छ, प्रमुख हकले भने, सामाजिक बिकास पनि बिकासको महत्वपूर्ण पाटोको रुपमा लिएर स्थानीय सरकार बिकासको काममा अघि बढेको छ । प्रमुख हकले सबैलाई सम्मान अबसर दिएको चर्चा गर्दै बिगतमा पनि आदिवासी जनजाति, दलित, मुश्लिम, फरक क्षमता भएका ब्याक्ती र महिला तथा बालबालिकाको क्षेत्रमा नगरपालिकाले प्राथमिकताको साथ काम गरेको बताए । मलाई जनताले भोट दिएर नगरप्रमुख बनाए, प्रमुख हकले भने, जनताको भावाना र चाहाना पूरा गर्नु मेरो दाईत्व हो । जनत खुशी रहे आफू पनि खुशी हुने भन्दै प्रमुख हकले कसैले भेदभाव नगरी सबैलाई खुशी पर्दै नगरको बिकास र समृद्धिका काम अघिबढाएको दाबी गरे । प्रमुख हकले बिकासको कार्यमा सकारात्मक सल्लाह सुझावको आबश्यकता रहेको बताउदै नगरबासीको सुझाव र सल्लाहलाई आत्मासाथ गर्दै समाजिक बिकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा लाईन्स क्ल्व अफ लाहान सिटिका अध्यक्ष सुदिप कुमार चौधरी, खडक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महिनारायण चौधरी, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, राष्ट्रिय अपांग संघ प्रदेश नम्बर २ का निबर्तमान सचिब रामचन्द्र यादव, धर्मी हल्फा महिला बिकास क्ल्व सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादव, खडक नगरपालिका वडा नम्बर ६ का अध्यक्ष भगवती प्रसाद चौधरी, खडक नगपालिकाका प्रशासकीय अधिकृत रमाकान्त चौधरी, महिला तथा बालबालिका शाखा संयोजक अनिता साह, एसएनभि नेपाल सप्तरीका सल्लाहकार कृष्णा जिसि, सबल नेपालका कार्यक्रम अधिकृत पर्मेश्वर झा, खडक नगरपालिकाका युवा संजालका अभियान्ता जयनारायण चौधरी, पत्रकार रमिता नेपाल, ललित कुमार मेहता लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्दै सामाजिक न्याय, समनता र सम्मान अबसरका लागि एकताबद्व हुनुपर्नेमा जोड दिए । सप्तरी अपांग संघ सप्तरीका सचिब क्रान्ति साहाद्वारा संचालित कार्यक्रममा स्वागत सगरमाथामा अपांग संघका अध्यक्ष बलदेव मण्डलले गरे । कार्यक्रममा फरक क्षमता भएको ब्याक्तीहरुलाई सहयोग गरेको भन्दै आयोजकद्वारा प्रमुख हक सहित सहयोगी संस्थाका प्रतिनिधि, पत्रकारलाई दोसल्ला लगाएर सम्मान गरेका थिए ।