सप्तरी – प्रिमियर लिग फुटबलमा उपाधि दावेदार चेल्सी पराजित भएको छ । शनिबार राति भएको खेलमा एभर्टन चेल्सीसँग पाराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा एभर्टनले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेकोे हो । एभर्टनलाई जित दिलाउन सिगुरोसनले निर्णायक गोल गरे ।
खेलको २२ औं मिनेटमा सिगुरोसनले गरेको गोल नै एभर्टनका लागि जित निकाल्न पर्याप्त बन्यो । चेल्सीले एभर्टनविरुद्ध आक्रमक खेल प्रस्तुत गरेपनि गोल भने गर्न सकेन । पराजित हुँदा चेल्सीले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । लिगमा १२ खेल खेलेको चेल्सी २२ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।
जित निकालेको एभर्टन २० अंकका सथा तालिकाको सातौं स्थानमा छ ।