सप्तरी – सशस्त्र प्रहरीले घादिङबाट ५० किलो चरेसहित एकजनालाई पक्राउ गरेको छ । लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको टोलीले गएराति चरेससहित धादिङको गल्छी गाउँपालिका ८ बस्ने ३४ वर्षीय दिपक मगरलाई पक्राउ गरेको हो ।
थार्के गाउँपालिका १ खयरघारीस्थित पूर्व–पश्चिम लोकमार्गबाट उनलाई पक्राउ गरेको हो । बा २१ प ८७६ नम्बरको मोटरसाइकलमा सवार मगरले तीनवटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित चरेस भेटिएपछि उनलाई पक्राउ गरिएको हो । उनले प्रयोग गरेको उक्त मोटरसाइकल समेत एपीएफ टोलीले बरामद गरेको छ । उक्त चरेश लिएर गल्छीबाट खयरघारीतर्फ जाँदै गरेका निज मगरलाई एपीएफ टोलीले फेला पारेको थियो ।
उनलाई राति नै आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय गजुरीमा बुझाइएको छ । उक्त चरेस धादिङको गोगनपानीबाट काठमाडौं ल्याउन खोजिएको अनुसन्धानबाट खुलेको छ ।