१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २९, २०७७

सप्तरी – बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ रुद्रेश्वरलाई आवासीय क्षेत्र घोषणा गरिएको छ । अव्यवस्थित शहरीकरणका कारण शहर कुरूप बन्न नदिई व्यवस्थित गर्नका लागि आवासीय क्षेत्र घोषणा गरिएको हो ।

नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले उक्त क्षेत्रलाई आवासीय क्षेत्र घोषणा गरेका हुन् ।बढ्दो शहरीकरणका कारण कृषियोग्य जमिन आवास क्षेत्रमा परिणत हुँदै गएको अवस्थामा सो क्षेत्रलाई आवासका लागि व्यवस्थित, सुरक्षित तथा सुविधायुक्त बनाउनका लागि आवासीय क्षेत्र घोषणा गरिएको नगरपालिकाले जनाएको छ । सो काममा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आवासीय क्षेत्रमा आवास निर्माणका लागि विभिन्न मापदण्डहरू समेत लागू गरिएको छ । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले विकास निरन्तर चलिरहने प्रक्रिया भएकाले यसमा पूर्वाधार र जनसंख्या कम गर्नेभन्दा पनि यसलाई व्यवस्थापन गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । उनले बूढानीलकण्ठ नगरपालिकामा विकासले गति लिएको बताउँदै धेरै काम अघि बढेको बताए । उनले सो क्रममा विभिन्न बाधा अड्चनलाई पन्छाउनुपरेको अनुभव सुनाएका थिए ।उपप्रधानमन्त्री पोखरेलले झट्ट हेर्दा सानो लाग्ने तर महत्त्वको हिसाबले अत्यन्तै ठूलो संदेशमूलक काम भएको बताए । उनले अब हाम्रा वस्तीहरू बसोवास गर्ने ठाउँहरू सुरक्षित व्यवस्थित हुनुपर्छ भन्ने संदेश दिएको बताए ।विकास निर्माणका कामहरू संघीय सरकारका तर्फबाट नीति तथा योजनाका कार्यक्रमहरू आए पनि कार्यान्वयन गर्दा स्थानीयको सक्रियता र सहभागिता आवश्यक रहेको धारणा राखे । बसोवासलाई सुरक्षित र व्यवस्थित बनाउन मापदण्ड कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले जनप्रतिनिधि र विकास सबैको साझा भएको बताउँदै पक्षपात नगरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले आफू उपप्रधानमन्त्री भन्दा पनि सोही क्षेत्रको जनप्रतिनिधि भन्न रुचाउने बताएका उनले सो क्षेत्रमा आवश्यकता पहिचान गरी विकासका योजना ल्याउन अनुरोध गर्दै त्यसमा आफूले पहल गर्ने प्रतिबद्धतासमेत गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]