सप्तरी – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दाका चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली बेलादेवीपुरका ३३ वर्षीय बमबहादुर सार्की, कैलाली धनगढी उपमहानगरका २२ वर्षीय धिरज भट्ट, सोही ठाउँका २३ वर्षीय सुरेश ऐर र कञ्चनपुर भिमदत्त नगरपालिका पवन जोशी रहेका न् ।
सार्कीलाई उच्च अदालत कञ्चनपुरले २०६८ जेठ १० गते मानव बेचविखन तथा ओसारपसार मुद्दामा १० वर्ष कैद र एक लाख जरिवाना सुनाएको थियो । अदालतको आदेशलगत्तै सार्की फरार अवस्थामा लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरेको कञ्चनपुरका डीएसपी अमर थापाले बताए ।यस्तै लागूऔषध खैरो हिरोईन मुद्दामा भट्ट र ऐर फरार थिए । उनीहरुलाई पनि लुकिछिपी बसेको अवस्थामा घरबाटै पक्राउ गरिएको डीएसपी थापाले बताए ।
यता मानव बेचविखन तथा ओसारपोसार मुद्दामा फरार रहेका जोशीलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको डीएसपी थापाको भनाइ छ । जोशीलाई जिल्ला अदालतबाट म्याद थप गरी कानुन बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।