सप्तरी – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ४ का नवनिर्मित स्वास्थ्य चौकीको समुदघाटन प्रदेश न. २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्मित उक्त भवनको अाज एक समाराेहका बिचमा समुदघाटन गर्नुभएको हाे । भवनकाे समुदघाटन गर्नुहुदै मन्त्री साहले उदघाटित चौकीले जनताको स्वास्थ उपचारमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै चौकीको स्तरोन्नति र थप सेवा विस्तारमा प्रदेश सरकारले सहयोग गर्ने वचनवद्वता समेत ब्यक्त गर्नुभयो ।
हनुमाननगर कङकालिनि नगरपालिका वडा न.४ का वडाअध्यक्ष नागेश्वर मण्डलको अध्यक्ष्ातामा समपन्न कार्यक्रममा जिल्ला समन्वय समिति सभापति प्रभाकर यादव मनाेज, जसपाका केन्द्रिय सदस्य जयप्रकाश ठाकुर,पुनम कुमारी यादव,हनुमानगर कंकालिनी नगरपालिका सप्तरीका उपप्रमुख सरिता देवी यादव लगायतको सहभागीता रहेको थियो ।सो अवसरमा मन्त्री साहले जग्गा दाता शैलेन्द्र चन्द्र झाको सम्मान समेत गरेका थिए।