सप्तरी – प्रधानसेनापति पूर्णचन्द्र थापाले हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन मातहत युनिटहरूलाई निर्देशन दिएका छन् । शान्तिसुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि त्यहीअनुसार सहयोग गर्न उनले पृतना, वाहिनी र गण तथा गुल्मपतिहरूलाई भनेका छन् ।
पछिल्लो पटक मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१, रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको चन्द समूहले अपहरणपछि घाँटी रेटेर हत्या गरेको थियो । त्यसको भोलिपल्ट २४ गते प्रधानसेनापति थापाले पूर्वी पृतना हेडक्वार्टर इटहरी र त्यस मातहतका युनिटमा पुगेर शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए ।
त्यसअघि मंसिर १६ देखि १८ सम्म थापाले उत्तर–पश्चिम र सुदूरपश्चिम पृतना हेडक्वार्टर तथा त्यसअन्तर्गतका जिल्लाका ब्यारेकको निरीक्षण गरेका थिए । कान्तिपुरमा खबर छ ।