सप्तरी – कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लकडाउन लागु भएसँगै बन्द भएको पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि खुला गर्नुअघि मंगलबार क्षमा पूजा हुँदैछ ।
बिहान हुने पूजाका लागि तयारी पूरा भएको र राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा क्षमा पूजा हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथ मन्दिर बुधबार अर्थात पुष १ गतेदेखि दर्शनका लागि खुला हुनेछ ।पहिलो चरणमा पश्चिम ढोकाबाट दर्शनार्थीलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइने कोषले जनाएको छ । दर्शनार्थीले स्वास्थ्य सुरक्षाका नियमहरु अनिवार्य रुपमा पालना गर्नु पर्ने छ ।
दर्शनार्थीका लागि मन्दिर खोलिए पनि विशेष पूजा र मन्दिरभित्र भजनकीर्तिन भने हुने छैन। मन्दिर विगत ९ महिनादेखि बन्द रहेको छ।