०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ३०, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक अन्योलमा परेको छ। आइतवारका लागि बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता काँग्रेस सभापति शेरबहादुर देउवाले सहभागी नहुने जनाएपछि स्थगित भएको थियो।

आजको बैठकमा भने सभामुख अग्निप्रसाद सापकोटाले उपस्थिति जनाउन नसक्ने बताएपछि अन्योलमा परेको हो। सभामुख सापकोटा नआउने भएपछि आजको बैठकमा जाने तयारी गरेका देउवा पनि अन्योलमा परेको बताइएको छ। देउवा र सापकोटा सहभागी नभएमा बैठकको कोरम पुग्दैन। जसले गर्दा बैठक बस्ने टुंगो नलागेको हो।विभिन्न आयोगहरुको रिक्त पद पूर्तीका लागि बैठक बस्न लागिएको हो। भागबण्ड नमिल्दा संवैधानिक परिषद्को बैठक सर्दै आएको छ। सोमवारको प्रदर्शनमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले ४९ भन्दा बढी आयोगमा पदाधिकारी रिक्त राखेर आयोगलाई नै पंगु बनाउन खोजेको आरोप लगाएका थिए।

भएका आयोगमा आफ्ना मान्छेमात्र राखेको पौडेलको भनाई थियो। यता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएपछि सभामुख सापकोटा बैठकमा जानबाट रोकिएका हुन्। पछिल्लो समय नेकपाभित्र पनि सत्ता विवाद लम्बिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]