१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ३०, २०७७

सप्तरी – कोरोना बीमा गरेर ११ हजारभन्दा धेरै संक्रमितले भुक्तानी पाएका छन् । भुक्तानी रकम पनि एक अर्ब रुपैयाँ नाघेको छ ।

सोमबारसम्म ११ हजार १ सय ५४ जनाले १ अर्ब ७ करोड ४५ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । कार्यकारी निर्देशक पौडेलका अनुसार पछिल्ला केही दिनयता भुक्तानीको दर निकै बढेको छ । आज मंगलबारमात्रै पनि १ हजार ६ सय ३८ जना भुक्तानी पाउने प्रक्रियामा छन् ।उनका अनुसार पूर्ण कागजातसहित दावी पेश गर्नेहरुको संख्या सोमबारसम्म २१ हजार ४२ जना छ । यसमा ११ हजार १ सय ५४ जनाले पाइसकेको र १ हजार ६ सय ३८ जना भुक्तानी पाउने प्रक्रियामा छन् ।यसैगरी निजी प्रयोगशालाहरुमा गरिएका परीक्षण रिपोर्टको भेरिफिकेसनका लागि इडीसीडीमा ३ हजार ६ सय ३९ वटा फाइल पुगेका छन् । इडीसीडीमा ५ हजार ६ सय ६ वटा फाइल पुगेकोमा २ हजार ४ सय ९३ जनाको फाइल स्वीकृत भएर आइसकेको उनले जानकारी दिए ।मंगलबार थप ४ सय ५५ जनाको फाइल भेरिफिकेसनका लागि पठाउने तयारी गरिएको छ । १ हजार ५ सय ७१ जनाको फाइल कागजातहरु पूरा नभएको तथा नाम नमिलेको लगायतका समस्या देखिएका छन् । ती फाइलहरु सम्बन्धित कम्पनीमा नै फिर्ता पठाइएको छ । ३४ जनाको फाइल भने दावी भुक्तानी दिन नमिल्ने भएको छ । यसमा दोहोरो दावी पेश लगायतका समस्याहरु देखिएका छन् ।सामान्यतया महामारी र युद्धको बीमा नहुने विश्वव्यापी प्रचलन छ । तर यो प्रचलनलाई बेवास्ता गर्दै नेपालमा शुरु गरिएको कोरोना बीमा पोलिसीका कारण बीमा कम्पनीहरुले निकै आलोचना खेपिरहेका छन् ।संक्रमण पुष्टि भएसँगै १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ पाउने गरी २ वटा पोलिसी बिक्री गरेका कम्पनीहरुले भुक्तानीमा ढिलाइ गरे । भुक्तानीमा ढिलाइ गरेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ७ दिनभित्रै भुक्तानी दिन निर्देशन दिए ।त्यो निर्देशन बीमा कम्पनीहरुले कार्यान्वयन गर्न सकेनन् । त्यसपछि पुनः तीन दिनभित्रै भुक्तानी दिन अर्थमन्त्रालयले निर्देशन दिएको थियो । अर्थमन्त्रीको निर्देशनपछि पनि निकै ढिला भुक्तानी भइरहेको थियो ।

पछिल्ला दिनहरुमा भने भुक्तानीको दर बढेको बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे बताउँछन् । यसअघि कागजातहरु भेरिफिकेशन गर्नुपर्दा ढिलो भए पनि अब धेरै ढिला नहुने उनको भनाइ छ । थोरै ढिला भए पनि सबै बिमितहरुले बीमा गरेअनुसारको रकम पाउने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]