सप्तरी – मुगुको छायाँनाथ रारा नगरपालिका–२ तलितुम गाउँका दुई बालकको पालनपोषण र शिक्षाको जिम्मेवारी एसओएस बालग्रामले लिएको छ। २ वर्षअघि बाबु र ३ महीनाअघि आमा गुमाएका दुई वर्षीय रामकृष्ण तिरुवा र ६ वर्षीय हरिकृष्ण तिरुवाको एसओएसले जिम्मा लिएको हो।
बाबुआमाको मृत्यु पछि उनीहरू ६६ वर्षीय हजुरबुवा र ६३ वर्षीय हजुरआमासँग हुर्किरहेका थिए। ज्याला मजदुरी नगरे खान नपाइने परिवारका उनीहरू बाजेबज्यै बृद्ध भएपछि झनै समस्या भएको थियो। अब तिरुवा दाजुभाईको हेरचाह, पालनपोषण र कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी एसोएसले लिएको एसोएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले बताए। आमा र बुबा बिते, आफैलाई सहारा चाहिने बृद्ध बाजे-बज्यैले हुर्काइरहेछन् दुई नाबाल मुगुको छायाँनाथ रारा नगरपालिका–२ तलितुमका २ वर्षीय रामकृष्ण र ५ वर्षीय हरिकृष्ण तिरुवाका बाबुमाआको मृत्यु भएपछि उनीहरू वृद्ध हजुरबा–हजुरआमासँग हुर्किर…“२३ मंसीरमा दुवै दाजुभाईको भर्ना गरि हाम्रो विद्यालयले जिम्मामा राखिसक्यो। अबको एक सातापछि दुवै दाजुभाईसहित अन्य १२ जना बच्चाहरू एसोएसको केन्द्रीय कार्यालय सानो ठिमी भक्तपुर पठाउँछौं”, निर्देशक गिरीले भने।
रामकृष्ण र हरिकृष्णका बुवाको दुई वर्षअघि काठमाडौंमा ज्यालामजदुरी गर्ने क्रममा लडेर मृत्यु भएको थियो भने आमाको गएको असोजमा घाँटीको समस्याको उपचारका क्रममा जिल्ला अस्पताल मुगुमा मृत्यु भएको थियो।