सप्तरी – रासायनिक मल खरिद गर्न सरकारी टोली बंगलादेश जाने भएको छ ।बंगलादेशसँग मल खरिद गर्न नेपाल र बंगलादेशका सरकारबीच (जिटुजी) मार्फत मल खरिदका लागि समझदारी गर्न नेपाली टोली बंगलादेश जान लागेको हो ।
कृषि सामाग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीको नेतृत्वमा चार सदस्यीय टोली बङ्गलादेश जान लागेको हो । टोलीले बङ्गलादेश सरकारलाई मल खरीदको प्रस्ताव भोलि पेश गरेर सम्झौता गर्ने पनि मन्त्रालयले जनाएको छ ।
गत मंसिर १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेश सरकारसँग पचास हजार मेट्रिकटन युरिया मल सरकार – सरकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।