सप्तरी – अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटमा उप-गभर्नर र सचिव मारिएका छन्।
मंगलबार उप-गभर्नर मोहाब्बातुल्लाह मोहाम्मादी र उनका सचिवको विस्फोटमा मृत्यु भएको आन्तरिक मन्त्रालयका प्रवक्ता तरिक अरियनले पुष्टि गरेका छन्। अरियाना न्युजका अनुसार स्थानीय समय ९ बजेर ४० मिनेट जाँदा बम बिस्फोट भएको हो। उक्त बम उपगभर्नर चढ्ने टोयटाको ल्यान्ड क्रुजर गाडीमा राखिएको थियो।
बिस्फोट हुँदा उप-गभर्नरका दुई जना अंगरक्षक पनि घाइते भएका छन्।