१८ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ३०, २०७७

सप्तरी – सरकारले संसद बैठक छलेर मन्त्रिपरिषद्बाट अध्यादेश ल्याएको छ । आगामी १६ दिनभित्र संसद बैठक बस्नुपर्ने भएपनि त्यसको केही दिनअघि अध्यादेश ल्याएर संसदलाई छल्ने सरकारको रणनीति रहेको पुष्टि भएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेकी हुन् ।
तर, मंगलबारको मन्त्रिपरिषद् बैठकमा उक्त अध्यादेशबारे कुनै छलफल नै नभएको एक मन्त्रीले रातोपाटीलाई बताए ।‘मन्त्रिपरिषद बैठकमा म पनि सहभागी भएको हो, तर अध्यादेशबारे मलाई कुनै छलफल भएको जानकारीमा छैन । एकैचोटी राष्ट्रपतिले अध्यादेश जारी गरेको समाचार पढेपछि मलाइ पनि अचम्म लागेको छ’, ती मन्त्रीले रातोपाटीसँग संक्षिप्त कुरा गर्दै भने । संविधान अनुसार संसद बैठक स्थगित भएको ६ महिनाभित्र अर्को बैठक बस्नुपर्ने हुन्छ गत असारमा स्थगित भएको बैठक आगामी पुस १७ गतेभित्र बसिसक्नुपर्ने छ । तर त्यसको दुई साता अघि सरकारले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश ल्याएको छ । अध्यादेशलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असवैधानिक भन्दै तत्काल खारेज गर्न माग गरेका गरेका छन् ।

यसअघि गत वैशाखमा पनि सरकारले यस्तै अध्यादेश ल्याएको थियो । यसैबीच सरकारले संवैधानिक परिषदमा बहुमतका आधारमा निर्णय गर्ने अध्यादेश ल्याएको भन्दै सभापति शेरबहादुर देउवाले आज बेलुका बोलाएको परिषद् बैठककमा सहभागी नहुने बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]