सप्तरी – युनिभर्सल पावर कम्पनीले चालु आवको पहिलो त्रैमासमा रु. १ करोड ९लाख ७६ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको भन्दा कम हो । गत आवमा कम्पनीले १ करोड ५३ लाख ५१ हजार खुद नाफा कमाएको थियो । समिक्षा अवधीमा कम्पनीले विद्युत बिक्री बापत आम्दानी गरेको देखाएको छैन । अन्य आम्दानी भने १ करोड ५६ लाख ८१ हजार रहेको छ । कम्पनीको जम्मा खर्च भने १० लाख ४६ हजार रहेकोछ । हाल कम्पनीको चुक्तापुँजी रु. २ अर्ब १० करोड रहेको छ । कम्पनीले आफ्नो जगेडामा भने ११ करोड २४ लाख भन्दा बढी रकम जम्मा गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी २.०९ रुपैयाँ रहेको छ ।
यस्तै, प्रतिशेयर नेटवर्थ १०५.३५, तरलता अनुपात १६.८६, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १६९.८२ र मुल्य आम्दानी अनुपात ६१.२३ प्रतिशत रहेको छ ।