०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – दूधपोखरी सम्पर्क समाज चितवनले लमजुङको दूधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स खरिद गरेको छ ।

लमजुङको दूधपोखरी गाउँपालिका जन्मघर भई हाल चितवनमा बसोबास गर्नेको संस्था दूधपोखरी सम्पर्क समाजले चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद गरिदिएको हो ।समाजका अध्यक्ष होमनाथ न्यौपानेका अनुसार रु ११ लाख ५० हजारमा एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स खरिद गर्न चितवनसहित स्वदेश र विदेशमा रहेका दूधपोखरी घर भएकाले सहयोग गरेको उनले जानकारी दिए । एम्बुलेन्स सञ्चालनका लागि दूधपोखरी गाउँपालिका–२ ले संयोजन गर्ने गरी सञ्चालक समिति बनाएर व्यवस्थापन गरिने छ ।दूधपोखरी जिल्लाको सदरमुकाम बेँशीशहरबाट ५० किलोमिटर पूर्वमा पर्दछ ।

यहाँबाट बिरामी उपचारका लागि चितवन, काठमाडौँ, पोखरालगायतका ठाउँमा रहेका अस्पताल जानुपर्ने बाध्यता रहेको छ । गोरखाको सीमा क्षेत्रमा पर्ने दूधपोखरी गाउँपालिकामा ११ हजार जनसङ्ख्या रहेको छ । एम्बुलेन्सले छिमेकी गाउँपालिकाको जनतालाई पनि सेवा पुर्याउने न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]