१५ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र २०, २०७७

मोरङमा एकै दिन चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मोरङमा चारजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुुईजना महिला र दुुईजना पुरुष छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुषको मृत्यु भएको हो ।मोरङको धनपालथान गाउँपालिका – ३ का ५५वर्षीय पुरुष, बुढीगंगा ५ का ४५ वर्षीय पुुरुष, विरानगर – ४ र ११ का ६४ र ४३ वर्षीय महिलाको मृत्यु भएको हो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९ पुुगेको छ ।

मृतक मध्ये प्रदेश १ स्थायी ठेगाना भएका २७ रहेका छन् । अन्य १२ जना प्रदेश १ बाहिरका छन् ।

थप ५४ जना कोरोना संक्रमित थपिए

प्रदेश १ मा आज ५४ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ७ सय ६१ जनाको पीसीआर परीक्षण गर्दा २३ महिला र ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

संक्रमित मध्ये मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनागरका १४ महिला १४ पुरुष, पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १–१ पुरुष र जहदाकी १ महिला, सुनसरीको इटहरीका २ महिला ६ पुरुष, धरानका ४ महिला १ पुरुष, झापाको दमकका १ महिला २ पुरुष, विर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुष, इलामको चुलाचुलीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८७९ पुगेको छ ।

प्रदेश १ मा आज १६ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८३५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]