०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – कोरोनाका कारण बन्द भएका मस्जिद तथा मदरसाहरु खुला भएका छन् । मुस्लिम समुदायले नियमित रुपमा पढ्ने ५ टाइमको नमाज र शुक्रबारका दिन पढिने जुम्माको नमाजमा सामाजिक दूरी कायम गरी पढ्न मुस्लिम आयोगले बिहीबार एक विज्ञप्ति निकाल्दै आग्रह गरेको छ ।

मठ–मन्दिर तथा धार्मिक तीर्थस्थलहरु खुलेसँगै आयोगले यस्तो आग्रह गरेको हो ।आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले काठमाडौंको हकमा नियमित रुपमा ५ टाइमा पढिने नमाज खुला गरिएपनि धेरै भीड हुने शुक्रबारका दिन पढिने जुम्माको नमाज आ-आफ्नो मस्जिद कमिटीले निर्णय गरी पढ्न आग्रह गरिएको बताए । उनले भने, ‘शुक्रबारको नमाजमा धेरै नै भीड हुने भएकाले सावधानी अपनाएर मस्जिद कमिटीलाई आफैं निर्णय गर्न भनिएको छ । ‘

कोरोना कारण मुस्लिम समुदायले नियमित रुपमा पढ्ने नमाज, शुक्रबारका दिन पढिने जुम्माको नमाज, रमजान महिनामा पढ्ने तरावी नमाज घरमा नै पढेर सहयोग गरेकोमा आयोगले मुस्लिम समुदायहरुलाई धन्यवाद ज्ञापन पनि गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]