१२ पौष २०८१, शुक्रबार
wait Please...

एस एन यादव

बिहिबार, पौष ०२, २०७७

उखु किसानहरुले जारी राखेको आन्दोलनप्रति ऐक्येवद्धता जनाउँदै सप्तरीका अगुवा किसानहरुले अाज जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा सम्म धर्नामा बसेका छन् ।

जनता समाजवादी पार्टी निकट किसान संघको अगुवाईमा जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि अाज दिउसाे १२ बजेदेखि १ बजेसम्म उनीहरुले धर्ना दिएका हुन् ।उखु किसानहरुको वक्यौता रकम भुक्तानी गर्नुपर्ने , धानको समर्थन मूल्य लागु गर्नुपर्ने, किसानलाई समयमा मल, खाद, बीऊ सहुलियत दरमा उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न मागहरु अघि सार्दै किसान सङघले धर्नामा बसेका थिए ।
किसानहरुको समस्याप्रति सरकारले ध्यान नदिएको तथा उखु किसानहरुको मागलाई सम्वोधन गर्न ढिलाई भईरहेकोले दवाब स्वरुप आफुहरुले धर्ना कार्यक्रमलाई अगाडि बढाएको युवा नेता एव अान्दोलनका अगुवा दिपेन्द्र चौधरीले जानकारि दिनुभयाे ।

यस्तै समस्या समाधानप्रति ध्यान नदिए अझै सशक्त रुपमा कडा आन्दोलन गर्न बाध्य हुने अर्का नेता बिनाेद कुमार यादवले जानकारि दिनुभयाे । यदि किसानहरुकाे जायज माग अविलम्ब कार्यान्वयन गर्ने तर्फ सम्बन्धित निकायले ध्यान नदिएकाे खण्डमा अझै कडा अान्दोलन गर्ने चेतावनि समेत दिनुभयाे । स्मरण रहाेस उखु किसानहरुले विगत लामाे समयदेखि भुक्तानी नदिएकाेले अहिले देशभरिनै त्यसकाे चर्काे विराेध भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]