सप्तरी – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरेको छ ।
खुला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको क्यानले जनाएको छ । वाटमोरलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ।नेपाल गएको फेब्रुअरीदेखि मुख्य प्रशिक्षकविहीन बनेको थियो । वाटमोरले अस्ट्रेलियाबाट सात टेस्ट, एक एकदिवसीय, लिस्ट एका २६, फस्ट क्लासका एक सय आठ म्याच खेलेका छन् । वाटमोरले सन् १९९६ मा श्रीलङ्कालाई विश्व कप जिताएका थिए ।
यसअघि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा जगत टमटाले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।