०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – खोटाङको साकेला गाउँपालिकाले तीन वर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

गाउँसभाबाट पारित आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्राविधिकतर्फ तीन वर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययन गर्ने छात्र/छात्रालाई जनही ५० हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गर्ने भएको हो ।तीन वर्षमा दस जना छात्र/छात्राका लागि २० लाख रुपैयाँ खर्चिने गरी प्राविधिक कृषि विषयका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए । छात्रवृत्ति गाउँपालिकाभित्रका स्थायी बासिन्दाले मात्र पाउने उनले जानकारी दिए ।गाउँपालिकाको वडा नम्बर २ रतन्छास्थित साकेला माविमा सञ्चालन भइरहेको ३ वर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययन गर्ने छात्र/छात्रालाई लक्षित गर्दै गाउँपालिकाले छात्रवृत्ति कार्यक्रम ल्याएको हो ।‘व्यावसायिक कृषिका लागि दक्ष जनशक्ति उत्पादन गर्न र युवा पुस्तालाई व्यावसायिक खेतीमा प्रोत्साहित गर्न बाली विज्ञानका छात्र/छात्रालाई छात्रवृत्तिमार्फत सहयोग गर्ने तयारी छ’, गाउँपालिका अध्यक्ष खड्काले भने ।छात्रवृत्ति कार्यविधि पास गरेरै गाउँपालिकाका पाँचवटै वडाका दुई/दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने अध्यक्ष खड्काले बताए ।गाउँपालिकाले छात्रवृत्ति स्वरूप पहिलो वर्ष जनही ५० हजार रुपैयाँ उपलब्ध गराउनेछ भने दोस्रो र तेस्रो वर्ष यस्तो रकम बढाउँदै लैजानेछ ।कृषि बाली विज्ञान विषय अध्ययनका लागि खर्च गरेर अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि साकेला माविले २०७५ सालदेखि तीन वर्षे डिप्लोमा तहको बाली विज्ञान विषय पढाउने अनुमति पाएको हो ।वडाको सिफारिसमा विपन्न, महिला, दलित तथा जेहेनदार छात्र/छात्रालाई प्राथमिकता दिएर छात्रवृत्ति उपलव्ध गराइनेछ । छात्रवृत्तिका लागि छानिएका विद्यार्थीको एकमुष्ट छात्रवृत्ति रकम विद्यालयको खातामा जम्मा गर्ने व्यवस्था मिलाइने अध्यक्ष खड्काले जानकारी दिए ।

गाउँपालिकाले छात्रवृत्तिका लागि १५ दिनभित्र आवेदन दिन २ पुसमा सूचना जारी गरेको छ । छात्रवृत्ति प्राप्त गर्न सम्बन्धित तहमा भर्ना भएर अध्ययनरत रहेको सिफारिस र छात्रवृत्ति प्रदान गर्नुपर्ने आधारसहितको सम्बन्धित वडाको सिफारिस पेस गर्न भनिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]