सप्तरी – नेकपा उपाध्यक्ष वामदेव गौतम खुमलटार पुगेका छन् । पार्टीभित्रको विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न उपाध्यक्ष गौतम पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
पार्टीभित्रको संकट गहिरिँदै गएपछि नेकपा नेताहरुले छलफललाई तिव्र पारेका छन् ।
यसैबीच, अहिले नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । पार्टीभित्र सङ्कट गहिरिँदै गएपछि प्रधानमन्त्रीसमेत रहेका ओली पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न उनकै निवास खुमलटार पुगेका हुन् ।