सप्तरी – तीव्र गतिका बलर जोश हेजलवुड र प्याट कमिन्सको उत्कृष्ट बलिङसँगै अष्ट्रेलियाविरुद्ध पहिलो टेष्ट खेलमा भारत दोस्रो इनिङमा ३६ रनमा अल आउट भएको छ । पहिलो इनिङमा ५३ रनले पछि परेको अष्ट्रेलियाले जितका लागि समग्रमा ९० रनको सामान्य लक्ष्य पाएको छ ।
दोस्रो इनिङमा लज्जास्पद प्रर्दशन गरेको भारतका कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । तेस्रो दिन भारत दोस्रो इनिङमा २१.२ ओभरमा ३६ रनमा अल आउट भयो । तेस्रो दिन ६ ओभरमा ९–१ को अवस्थाबाट सुरुवात गरेको भारतलाई सस्तैमा रोक्न अष्ट्रेलिया प्याट कमिन्स र जोश हेजलवुडले उत्कृष्ट बलिङ गरे ।तेस्रो दिन आठौं ओभरको अन्तिम बलमा प्याट कमिन्सले जस्प्रित बुमराहलाई २ रनमा क्याच आउट गराए । कमिन्सलेनै चेतेश्वर पुजारालाई विकेटकिपर टिम पेइनबाट शून्यमा क्याच आउट गराए । १३ औं ओभरको पहिलो बलमा ओपनर मयंक अग्रवाललाई हेजलवुडले ९ रनमा पेइनबाट क्याच गराउँदै भारतलाई दयनीय अवस्थामा पुर्याएका थिए ।चार बलपछि अजिक्या रहाने पेईनबाटै शून्यमै क्याच आउट हुन पुगे । १४ औ ओभरको चौथो बलमा कप्तान विराट कोहली कमिन्सको बलमा क्यामरन ग्रिनबाट ४ रनमा क्याच आउट हुँदा भारत १९–६ को संकट अवस्थामा पुगेको थियो ।विराट आउट भएसँगै भारत सस्तैमा समेटिने अनुमान गरिएको थियो । हेजलवुडले ऋद्धिमान शाहलाई ४ र रविचन्द्रन आश्विनलाई शून्यमा क्याच आउट गरेपछि भारत दोस्रो इनिङमा लज्जास्पद अवस्थामा पुगेको थियो ।हेजलवुडले हनुमा विहारीलाई शून्यमा क्याच गराउँदै आफ्नो पाँच विकेट पूरा गरे । मोहम्मद शामी १ रनमा रिटायर्ट हट हुन पुगे । प्याट कमिन्सले १०.२ ओभरमा ४ मेडन राख्दै २१ रन खर्चेर ४ विकेट लिए । जोश हेजलवुडले ५ ओभरमा ३ मेडन राख्दै ८ रन खर्चेर ५ विकेट लिए ।
त्यसअघि पहिलो इनिङमा अष्ट्रेलिया ७२.१ ओभरमा १ सय ९१ रनमा अल आउट हुँदै ५३ रनले पछि परेको थियो । कप्तान टिम पेईन ९९ बलमा १० चौका सहित ७३ रनमा अविजित रहे । अष्ट्रेलियाले सुरुवात संघर्षपूर्ण गरेको थियो ।१५ औं ओभरको पहिलो बलमा जस्प्रित बुमराहले म्याथ्यु वेडलाई ८ रनमा एलबिडब्लू आउट गर्दै कुल १६ रन मात्रै जोडेको थियो । बुमराहले अर्का ओपनर जो बन्र्सलाई ८ रनमा एलबिडब्लू आउट गरेका थिए ।प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथलाई स्पिनर रविचन्द्रन आश्विनले अजिक्या रहानेबाट एक रनमा क्याच आउट गरेपछि अष्ट्रेलिया समस्यामा परेको थियो । ट्रविस हेडलाई ७ र डेब्यू खेल खेलेका क्यामरन ग्रिनलाई रविचन्द्रन आश्विनले ११ रनमा आउट गरेपछि घरेलु टोली अष्ट्रेलिया संकटमा परेको थियो ।मार्नस लाबुसेनलाई उमेश यादवले ४७ रनमा एलबिडब्लू आउट गरे । लाबुसेनले १ सय ७१ बलमा ७ चौका प्रहार गरे । प्याट कमिन्स शून्य, मिचेल स्टार्क १५, नाथन लायन १० र जोश हेजलवुड ८ रनमा आउट भए । भारतका स्पिनर रविचन्द्रन आश्विनले सर्वाधिक ४ विकेट लिए । उमेश यादवले ३ र जस्प्रित बुमराहले २ विकेट लिए ।त्यसअघि एडिलेड ओभलमा टस जितेर ब्याटिङ थालेको भारत ९३।१ ओभरमा २ सय ४४ रनमा अल आउट भएको थियो । ओपनर पृथ्वी शालाई पहिलो ओभरको दोस्रो बलमा तीव्र गतिका बलर मिचेल स्टार्कले शून्यमा बोल्ड आउट गरे ।दोस्रो विकेटका लागि मयंक अग्रवाल र चेतेश्वर पुजाराले १ सय ८ बलमा ३२ रनको साझेदारी गरे । १९ औं ओभरको पहिलो बलमा प्याट कमिन्सले अग्रवाललाई १७ रनमा बोल्ड आउट गर्दै अष्ट्रेलियालाई दोस्रो सफलता दिलाए । अग्रवालले ४० बलमा २ चौका प्रहार गरे ।तेस्रो विकेटका लागि पुजारा र कोहलीले १ सय ९१ बलमा ६८ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । यी दुई बीचको साझेदारी ५० औं ओभरमा स्पिनर नाथन लायनले मार्नस लाबुसेनबाट पुजारालाई ४३ रनमा क्याच गराउँदै तोडेका थिए । पुजाराले १ सय ६० बलमा २ चौका प्रहार गरे ।७७ औं ओभरमा कप्तान विराट कोहली ७४ रनमा रन आउट हुन पुगे । कोहलीले १ सय ८० बलमा ८ चौका प्रहार गरे । पहिलो दिनको अन्तिम समयतिर स्टार्कले रहाणेलाई ४२ रनमा एलबिडब्लू आउट गरे । रहाणले ९२ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
चौथो विकेटका लागि कोहली र रहाणेले ८८ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए । हनुमा विहारी १६, ऋद्धिमान शाह ९, रविचन्द्रन आश्विन १५ र उमेश यादव ६ रनमा आउट भए । अष्ट्रेलिया मिचेल स्टार्कले ४, प्याट कमिन्सले ३ , नाथन लायन र जोश हेजलवुडले १-१ विकेट लिए ।