१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि क्रिसमस र नयाँ वर्षमा देशव्यापी लकडाउन गर्ने आदेश इटाली सरकारले दिएको छ । क्रिसमस र नयाँ वर्षमा सार्वजनिक बिदा हुने भएपनि अत्यावश्यक कामबाहेक यात्रा गर्न पाइनेछैन । त्यस्तै, रेस्टुरेन्ट र बारहरु बन्द हुनेछन् ।

इटालीका प्रधानमन्त्री जुसेप्पे कोन्टेले यसलाई ‘कठिन निर्णय’ भनेका छन् । “हाम्रा विज्ञहरू क्रिसमसमा संक्रमण वृद्धी हुनेछ भन्ने चिन्तामा थिए । त्यसैले हामीले यस्तो निर्णय लिनुुप¥यो,’ कोन्टेले भने । इटलीमा ६८ हजारभन्दा धेरैको कोरोनाकै कारण ज्यान गइसकेको छ, यो युरोपकै सर्वाधिक हो । कोन्टेले यसै महिनाको अन्त्यमा खोप लगाउने कार्यक्रम सुरु हुने र महामारीको काल रात अन्त्यको सुरुवात हुने बताए ।‘रेड जोन’ नाम दिइएको यस कडा प्रतिबन्ध इटलीभर तीन चरणमा लागुु हुनेछ । पहिलो चरणमा २४ देखि २७ डिसेम्बर, दोस्रो चरणमा ३१ डिसेम्बरदेखि ३ जनवरी र त्यसपछि ५ देखि ६ जनवरीमा प्रतिबन्ध हुनेछ । यस अवधिमा मानिसहरूले अत्यावश्यक काम र स्वास्थ सम्बन्धी गतिविधिका लागि मात्रै घर छाड्न पाउने कोन्टेले बताए । यद्यपी, यस अवधिमा मानिसहरुले १४ वर्षभन्दा कम उमेरकाबाहेक अधिकतम दुई पाहुनालाई घर बोलाउन पाउनेछन् । राति १० बजेदेखि बिहान ५ बजेसम्म कफ्र्युु हुनेछ ।

नेदरल्यान्ड, जर्मनी, अस्ट्रिया, स्विडेन, स्लोभाकिया, बेल्जियम, स्पेन, पोर्चुुगल, लक्जम्वर्गलगायत युरोपेली देशहरुले पनि क्रिसमस र नयाँ वर्षमा सर्वसाधारणको सम्भावित भ्रमणलाई रोक्न नियममा कडाइ गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]