१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २२, २०७७

बाँकेमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेका ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार राति ८:३० बजे मृत्यु भएको हो ।

भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी तीन दिनसम्म नेपालगन्जकै न्यू इन्द्रेणी होटलको आइसोलेसनमा बसेका थिए । भदौ १८ गते स्वास्थ्यमा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको उपचारका क्रममा आइतबार राति साढे ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले पुष्टि गरेको छ ।

पाँच वर्षदेखि मुटु र तीन वर्षदेखि मधुमेहका रोगी रहेका उनको मृत्युको कारण मुटुको रक्तनली बन्द हुने समस्या (टीभीडी) रहेको स्वास्थ्य कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

योसँगै बाँके जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]