सप्तरी – विराटनगरको एक घरमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४ झटियायीमा रहेको राजेश दासको घरमा शुक्रबार राति आगलागी भएको हो ।
प्रहरीका अनुसार दासका १४ वर्षीय छोरा रविन दासको जलेर मृत्यु भएको हो। आगलागीमा परी राजेशकी ३२ वर्षीया श्रीमती इन्दुमति दास र सात वर्षीय छोरा किसन दास घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।
जाडोमा ताप्नका लागि बालिएको घुरबाट आगलागी भएको अनुमान प्रहरी को छ । स्थानीयबासी प्रहरी, वारुणयन्त्र मिलेर आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको आँकलन गरिएको छ ।