नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अहिले बालुवाटारमा छलफल भइरहेको छ। सोही समयमा मन्त्रिपरिषदकाे आकश्मिक बैठक डाकेका प्रधानमन्त्री ओली प्रचण्डसँगको छलफलमा व्यस्त छन्।
मन्त्रीहरु भने बैठकका लागि कुरिरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले देश सञ्चारलाई जानकारी दिए। ओलीले मन्त्रिपरिषद् बैठक पौने १० बजे बोलाएका थिए।
तर सोही समयमा ओली र प्रचण्डबीच छलफल भइरहेको हो।