सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बोलाएर संसद विघटनको विषयमा विभिन्न कोणबाट आलोचना भइरहेको छ ।
यसैक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले संसद विघटनको सिफारिस असंवैधानिक रहेको बताएका छन् ।साथै नेता रिजालले बहुमतबाट अर्को प्रधानमन्त्री चुनिने अवस्था रहँदासम्म संसद विघटन हुन नसक्नेमा जोड दिएका छन् ।
त्यस्तै सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको असंवैधानिक र अविवेकी भएको बताएका छन् ।