सप्तरी – प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ। बारा, मोरङ, रुकुम पश्चिम र मकवानपुर जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो।
जितपुर सिमरा उपमहानगरपालिकाबाट करिब ४ किलो ५०० सय ग्राम अवैध लागूऔषध गाँजासहित सोही स्थानका २९ वर्षीय राजेश प्रसाद यादवलगायत ३ जनालाई फक्राउ गरेको छ।ना.५प ५७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारेको हो। यसैगरी, मोरङको सुनवर्षा नगरपालिका–९ बाट एकसय एमएलको १ बोतल स्काफ प्रोसिभन, ११ ट्याब्लेट नाईट्राभेट, ४२ ट्याब्लेट ओपिडोलसहित एक जना पक्राउ परेका छन्।पथरी शनिश्चरे नगरपालिका बस्ने २२ वर्षीय बिक्रम पासवाललाई शनिबार साँझ प्रहरीले पक्राउ परेका हुन्। यस्तै, रुकुम पश्चिम र मकवानपुरबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्।
रुकुश पश्चिमबाट २ केजी गाँजासहित ५० वर्षीय जसी राना र ५० वर्षीय मिनाकुमारी शाही पक्राउ परेका छन्। हेटौडा उपमहानगरपालिकाबाट १० किलो अवैध लागूऔषध गाँजासहित १९ वर्षीय मुकेश चेपाङ र २५ वर्षीय राजकुमार गोले रहेका छन्।