काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । माइतीघरमा सडक अवरुद्ध गर्दै नागरिक आवाजको नाममा युवाहरुले प्रदर्शन गरेका हुन् । पत्नी हत्या आरोपमा जेलमा रहेका सशस्त्रका पूर्वडिआईजी रञ्जन कोइरालालाई रिहाको फैसला गरेसँगै प्रधानन्यायाधीश लगायतको विरोध सुरु भएको हो ।
प्रदर्शनकारीले ‘अदालतको चोलो फेर्न चोलेन्द्रलाई महाभियोग’, ‘अदालतभित्रको एनजीओकरण बन्द गर’, ‘हत्यारा होइन, सपना मल्ल टिम र चोलेन्द्र टिमलाई बर्खास्त गरी जेल चलान गर’ लगायत नारा लगाएका थिए ।