०९ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, पौष ०६, २०७७

सप्तरी : अफगानिस्तानको सुरक्षाकर्मीले तालिवान विद्रोहीको आधार क्षेत्र मानिने कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारवाहीमा कम्तीमा ७४ विद्रोही मारिएको अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार जानकारी गराएको छ ।

अमेरिकी प्रतिनिधिले तालीवानी समूहसँग अफगानिस्तानको शान्तिका लागि गरेको सम्झौतापछि केही मत्थर बनेको द्वन्द्व सरकार र विद्रोहीले आफ्नो प्रभाव देखाउन गरेका आक्रमण र प्रत्याक्रमका कारण थप सक्रिय देखिँदा सम्झौताबाट आशावादी बनेको विश्व समुदाय चिन्तित बनेको छ।
रक्षामन्त्रालयले ट्‍वीटरमार्फत् जारी सूचनामा भनिएको छ, ‘कान्दाहारको झेरिया, दाँद, पञ्ज्वाव र अर्गान्दाव जिल्लाहरूमा विगत २४ घण्टामा गरिएका कारवाहीमा ७४ तालिवान लडाकूको मृत्यु भएको छ।’

सरकारी सेनाको नियन्त्रणमा रहेको भूभागमा विद्रोहीले आक्रमणको तयारी थालेको आरोप लगाउँदै सेनाले सुरु गरेको कार्बाहीका क्रममा उनीहरूको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कारवाहीका क्रममा विद्रोही समूहबाट ठूलो सङ्ख्यामा हतियार तथा बन्दोबस्तीका सामान नियन्त्रणमा लिएको सरकारी अधिकारीले दाबी गरेका छन्।

कान्दाहारमा हालैका दिनमा भीषण झडप भएका र यसका कारण अघिल्लो साता मात्र ८२ व्यक्तिको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]