सप्तरी – तराईमा बढ्दो जाडोको ख्याल गर्दै आश्रममा रहेका वृद्धवृद्धालाई न्यानो माया अन्र्तगत ब्लाङकेट र मिठो खाना वितरण गरिएको छ ।विराटनगर ८ मा रहेको विराटेश्वर वृद्ध आश्रमका वृद्धवृद्धालाई ५० थान ब्लाङकेट वितरण गरिएको हो । कोशी अस्पताल अगाडी रहेको ‘ट्रन्ेज क्याफे लाउन्ज’ले आश्रममा रहेका वृद्धवृद्धालाई जाडोबाट बच्नको लागी ५० थान ब्याकेट वितरण गरिएको लाउन्ज क्याफेका संचालक दिवस गिरीले जानकारी दिए ।
डेढ बर्ष अगाडी संचालनमा ल्याएको क्याफेको उद्घाटन पनि आश्रममा रहेका वृद्धा आमाहरुले उद्धघाटन गरेका थिए । यस अघि पनि ‘ट्रेन्ज क्याफे’ले आश्रममा पुगेर निशुल्क खाना वितरण गर्दै आएको छ ।