१५ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, पौष ०६, २०७७

चर्चित पोर्न वेबसाइट पोर्नहबले आफ्नो साइटबाट दशौं लाख भिडियो हटाएको छ । वेबसाइटमा भेरिफाइड नभएका प्रयोगकर्ताले अपलोड गरेका भिडियोहरु हटाइएको हो । द गार्डियनका अनुसार सोमबार यो क्यानेडियन वेबसाइटमा भिडियोको संख्या ४० लाखमा झरेको छ । यसअघि साइटमा भिडियोको संख्या १ करोड ३० लाख थियो ।

पोर्नहबमाथि यसअघि नाबालिग र यौन तस्करीको शिकार भएका माहिलाको भिडियो साइटबाट हटाउन असफल भएको आरोप लाग्ने गरेको थियो । यसअघि न्यूयोर्क टाइम्सको एक रिपोर्टमा साइटमा ठूलो संख्यामा आपत्तिजनक, गैरकानुनी भिडियो भएको दावी गरिएको थियो । त्यसपछि दुई प्रमुख क्रेडिट कार्ड कम्पनी भिसा र मास्टरकार्डले पोर्नहबको भुक्तानी प्रोसेस नगर्ने घोषणा गरेका थिए ।

पोर्नहबमा अब भेरिफिकेसनबिना भिडियो अपलोड गर्न पाइने छैन । कम्पनीले एक बयानमा साइटका सबै कन्टेन्टको लागि भेरिफिकेसनको शर्त लागू भएको बताएको छ । रिपोर्टअनुसार पोर्नहबको यो निर्णयले लाखौं यौनकर्मी र मोडलको दैनिक गुजारामा समस्या हुन सक्छ किनकि अहिलेसम्म जुनसुकै युजरले भिडियो अपलोड गर्न पाउने गरेकोमा अब धेरैले अपलोड गर्न पाउने छैनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]