१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, पौष ०६, २०७७
Sorry No Photo is selected hare

सप्तरी – नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकबारे दुई अध्यक्षका भिन्दाभिन्दै सूचना प्रवाह गरिएको छ ।केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका दुईथरी कमिटीको बैठक बस्ने तयारी भएको हो । पूर्व एमाले र माओवादी एकताको क्रममा दुबै तर्फका दुई कार्यालय सचिव थिए । उनीहरुले आआफ्नै तरिकाले बैठकको सूचना प्रवाह गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले केन्द्रीय कमिटीको बैठक पुस ७ गते मंगलबार बिहान ९ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरेका छन् भने अर्का कार्यालय सचिव श्रीराम ढकालले मंगलबार दिउँसो १ बजेका लागि बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक आह्वान गरेका छन् नेकपा एकतापछि अहिलेसम्म पार्टीभित्र देखिएको आन्तरिक विवादको सम्भवत सबैभन्दा ठूलो संकट हो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले संसद विघटन गराएपछि नै नेकपाभित्र थप विवाद बल्झिएको हो ।

यससँगै पुष्पकमल दाहाल र माधव नेपाल समूहले अध्यक्ष ओलीलाई कारवाही गर्ने समेत तयारी गरेका छन् । मंगलबार बस्ने भनिएको नेपाल-दाहाल समूहको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई कारवाही गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]