सप्तरीमा अाज एकैदिन आठ महिलासहित २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै जिल्लामा कुल संक्रमतिको संख्या ९४० पुगेको छ ।
संक्रमितमध्ये राजविराज कारागार, करदाता सेवा केन्द्रका एक÷एक जना कर्मचारी, राजविराज नगरपालिका वार्ड नम्बर ११ का तीन, हनुमाननगर कंकालीनी नगरपालिका वार्ड नम्बर ८ का एक, वार्ड नम्बर ७ का नौ र वार्ड नम्बर ९ का नौ जना रहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
राजविराज नगरपालिका, हनुमाननगर कंकालीन वार्ड नम्बर ७ र ९ का एकै परिवारका संक्रमति रहेको उहाँले बताउनुभयो ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अन्चल अस्पताल कोभिड–१९ को प्रयोगशालाले सार्वजनिक गरिएको रिपोर्टमा सप्तरी कारागारका २३ वर्षीया महिला, करदाता सेवा केन्द्रका उमेर नखुलेका एक पुरुष, राजविराज नगरपालिका वार्ड नम्बर ११ का २५, १५, ५५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यसैगरि जिल्लाकाे हनुमाननगर कंकालीनी नगरपालिका वार्ड नम्बर ८ का २५ वर्षीय पुरुष, वार्ड न. ७ का २८, २८, २४, ४, २५ वर्षीय पुरुष, १६, २५, ७५, ८ वर्षीया महिला, वार्ड नम्बर ९ का ६६, ४१, १२, ७, ५, ३ वर्षीय पुरुष, र ३६, १७, २८ वर्षीया महिलामा कोरोना रिपोर्ट पोजेटिभ भएको स्वास्थ्य कार्यालय सप्तरिले जनाएको छ ।
सप्तरी जिल्लामा अाजसम्म ६७९ जना संक्रमति निको भएर घर फर्किसकेका छन् भने आठ जनाको मृत्यु भएको स्वास्थ्य कायाृलय सप्तरीले जनाएको छ ।