२६ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

पाकिस्तानको राजधानी इस्लामावादमा हिन्दु मन्दिर स्थापनाका लागि सरकारले स्वीकृति दिएको छ। राजधानी विकास प्राधिकरण (सिडीए) ले हिन्दु समुदायलाई सहरमा प्रस्तावित कृष्ण मन्दिर बनाउने अनुमति दिएको हो।

सत्तारुढ पाकिस्तान तहरिक–ए–इन्साफ (पिटीआई) पार्टीका अल्पसंख्यक समुदायका सांसदले सहरमा पहिलो हिन्दू मन्दिर निर्माणको दिशामा यो निर्णय महत्वपूर्ण कदम भएको उल्लेख गर्दै स्वागत गरेको छ। सिडीएले इस्लामावादको हिन्दु पञ्चायतका अध्यक्षलाई पत्र लेख्दै मन्दिर, सामुदायिक भवन र श्मसान बनाउन सशर्त अनुमति दिइएको जनाएको छ। यो मन्दिर इस्लामावादको सेक्टर एच ९२ मा बनाइने जनाइएको छ। सिडीएको पत्रका अनुसार मन्दिर ७ फिटभन्दा अग्लो बनाउन पाइनेछैन।

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफको सरकारले सन् २०१७ मा हिन्दुमन्दिर निर्माणका लागि जग्गा दिएका थिए। तर केही धार्मिक संस्थाको विरोधका कारण निर्माण रोकिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]