सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक शुरु भएको छ । बानेश्वरस्थित संसद भवनमा शुरु भएको संसदीय दलको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड लाई संसदीय दलको नेता चयन गर्ने कार्यसूची तय गरिएको छ ।
आजको बैठकमा नेकपा संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरिने बताइएको छ ।
मंगलबार बसेको प्रचण्ड–नेपाल समुहले दुई तिहाइ केन्द्रीय कमिटी सदस्यको बहुमतले अध्यक्षबाट ओलीलाई हटाएको दाबी गर्दै माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।