सप्तरी – कोरियन भाषा परीक्षा ईपीएसको नक्कली परीक्षा दिने १ जना प्रशिक्षक पक्राउ परेका छन् । कोरियन भाषा पढाउने बागबजारको सेनस्याजग कन्सल्ट्यान्सीका प्रशिक्षक सुनसरी धरान उपमहानरपालिका–१९ का ५१ वर्षीय उत्तममान लिम्बुलाई महानगरीय अपराध महाशाखाले बुधवार काठमाडौंको कालोपुलबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए ।
विभिन्न समयमा कोरियन भाषाको ईपीएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीलाई प्रभावमा पारेर विद्यार्थीको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म लिएको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।