१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ३१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै, काठमाडौंमा २५० जना संक्रमित थपिएका छन्। 

मन्त्रालयका अनुसार भक्तपुरमा ३४ र ललितपुरमा पनि ३४ जना संक्रमित थपिएका छन्।यस्तै, सोही अवधिमा देशभर ६ हजार ५५९ नमूनाको पीसीआर परीक्षण गरिएकोमा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ। यस्तै, अहिलेसम्म १८ लाख ९० हजार ७४० नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ७ हजार ५१५ रहेको छ। 

यस्तै, सोही अवधिमा ९५२ जना संक्रमित निको भएका छन्। जम्मा संक्रमितमध्ये हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ४६ हजार ६६१ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ४०९ जना रहेका छन्। यस्तै, सोही अवधिमा नेपालमा ५  जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म मुत्यु हुनेको संख्या १८०३ पुगेको छ। 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]