सप्तरी-पछिल्लोपटक लकडाउन र बन्दा बन्दिकाे नाउमा सप्तरीको विभिन्न सिमावर्ती नाकामा अबैध मदिरा तस्करी फष्टाएकाे छ ।
साेहि क्रममा सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न. ११ सखुवा टाेलबाट २४४ कार्टुन अवैध मदिरा प्रहरीले बरामद गरेका छन् । इलाका प्रहरी कार्यालय हनुमाननगरका इन्चार्ज सय सुरेश कुमार यादवको नेतृत्वमा खटिएको प्रहरी टाेलिले गाेप्य सुचनाकाे अाधारमा नेपालबाट अवैध रुपमा भारततर्फ तस्करी गर्न लागेको अवस्थामा २४४ कार्टुन अवैध मदिरा बरामद गरेका छन् ।
झन्डै ३ लाख ५० हजार मूल्य वरावरकाे साे अवेध मदिरा बरामद गरेकाे हनुमाननगरका सय यादवले जानकारि दिनुभयाे । यता बरामद गरिएका साे अवैध मदिरा अावश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय तिलाठि बुझाएको तथा मदिरा तस्कर फरार रहेकाले उनिहरुकाे खाेजि कार्य तिव्र रुपमा भइरहेको इलाका प्रहरी कायाृलय हनुमानननगरका सय सुरेश यादवले जानकारि दिनुभयाे । यता पछिल्लोपटक अवैध मदिराका साथै हरियो मटर समेत हनुमाननगर नाकाबाट तस्करी फष्टाएकाे स्थानीयबासिहरुले के छ खबर लाई बताएका छन ।